Logo
Logo

दैलेखमा ३३ सुरक्षाकर्मीमा कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

दैलेख, १२ असार ।
दैलेखमा ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएका छ । क्वारेन्टाइनमा खटिएका ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइन सुरक्षार्थ खटेका सशस्त्र प्रहरी, नेपाल प्रहरी  र नेपाली सेनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार ४ जना नेपाली सेना, २० जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी गरी हालसम्म ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिसकेको छ।

दैलेखका विभिन्न क्वारेन्टाइनमा भएको आन्दोलनलाई शान्त पार्न प्रहरी अग्र मोर्चामा खटिएको थियो। संक्रमित सुरक्षाकर्मीको कार्यालय भित्रै आइसोलेसन कक्ष निर्माण गरी उपचार भइरहेको छ।

क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका सबै सुरक्षाकर्मीको पिसिआर जाँच गरिएकोमा अन्यको नेगेटिभ आएको र उनीहरूले सावधानी पूर्वक सुरक्षा दिइरहेको सशस्त्र प्रहरी बल दैलेखका प्रमुख जिवन भट्टराईले बताए।

सुरक्षाकर्मीसँगै क्यारेन्टाइनमा प्रत्यक्ष जोडिएका १० जना स्वास्थ्यकर्मी र कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ। जिल्लामा अहिलेसम्म ७ सय ३६ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्