Logo
Logo
महिला टी–२० श्रृङ्खला

आज थाइल्याण्डसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब


378
Shares

काठमाडौं । त्रिदेशीय महिला टी–२० आई श्रृङ्खलामा आज नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।

लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि त्यति सहज भने छैन । शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ ।

नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोड्दा नेपाल भने अंकविहीन छ । आजको खेलमा नेपाल पराजित भएमा शृंखला जित्ने सम्भावना सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्