
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ह्वात्तै बढेको छ । चार दिनसम्म स्थिर रहेको सुन आज तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३५ रुपैयाँ बढेर प्रतितोला १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।