Logo
Logo

महिला टी- २० शृंखलाः थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य


189
Shares

काठमाडौं । महिला टी– २०आई शृंखलामा थाइल्याण्डले नेपाललाई एक सय सात रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनायो ।

थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए । नानपत कोन्चारोन्काइले १९ रन बनाइन् । ५६ मा ६ विकेट गएको अवस्थाबाट चनिदा र थिपाथ्चा मिलेर अविजित अर्धशतकीय पारी खेले ।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले १–१ विकेट लिए । रचनाले नेपालका लागि टी–२०आईमा डेब्यू विकेट लिएकी हुन् ।

नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब छ ।

शृंखलामा सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्