काठमाडौं । आयोजक सहारा फुटबल क्लबलाई हराउँदै नेपाल पुलिस क्लब २४औं संस्करणको पोखरा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको पहिलो प्रि–क्वाटरफाइनल खेलमा पुलिसले सहारा क्लबलाई १–० गोलले हरायो । पुलिसका उज्ज्वल राईले गोल गरे । अब पुलिसले क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब यूकेसँग आउँदो शनिवार खेल्नेछ ।

प्रतियोगिताको दोस्रो प्रि–क्वाटरफाइनलमा खेलमा भोलि सशस्त्र प्रहरीको बलको एपीएफ क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् । आजदेखि शुरू भएको प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन ।
फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।