Logo
Logo

एनआरटी क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा


693
Shares

काठमाडौं । झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै काठमाण्डौको न्युरोड टिम (एनआरटी) क्लब २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

धरान रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा एनआरटीले केएफटीसीलाई ३–१ गोलले हरायो । एनआरटीका शिशिर लेखी, सरोज घिसिङ र रोहण खड्गीले गोल गरे । केएफटीसी रोबर्ट खोङ्जोनले गोल गरे ।

योसँगै बुढासुब्बा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । अब एनआरटीले दोस्रो सेमिफाइनलमा पर्सि बिहीवार भारतको यूके एफसीसँगै खेल्नेछ । यस्तै पहिलो सेमिफाइनलमा भुटानको आरटीसी क्लबले चर्च ब्वाइज युनाइटेडसँग भोलि बुधवार खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार माघ २६ गते हुनेछ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्