
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य वृद्धि भएको छ । हिजो (मंगलबार) तोलामा १९ सय रुपैयाँ बढेको सुन आज प्रतितोला दुई हजार २ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार नौसय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला एक लाख ६४ हजार सातसय रुपैयाँ कायम थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ बढेको छ । हिजो एकहजार नौ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौसय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।