Logo
Logo

महिला टी- २० श्रंखलाः नेदरल्याण्डससँग नेपालको ह्याट्रिक हार


693
Shares

काठमाडौं । महिला टी-२० आई शृंखलामा नेपाल आफ्नै घरेलु मैदानमा लगातार पाँचै पटक पराजित भएको छ ।

आज बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको छ । योसँगै जारी प्रतियोगितमा नेपालले नेदरल्याण्ड्सँग ह्याट्रिक हार बेहोरेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो।

नेपालले दिएको १४६ रनको बलियो लक्ष्य नेदरल्याण्डसले कुनै पनि विकेट नगुमाई १९ ओभर ४ बलमा भेट्टायो ।

नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कालिसले सर्वाधिक ९८ रन बनाइन् । शतक बनाउन दुई रनले चुकेकी उनले ६९ बलमा ११ चौका र दुई छक्का प्रहार गरिन् । यस्तै, अर्की ओपनर फेबे मोल्केनबोर ४८ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।

नेपालकी युवा ब्याटर पूजा महतोले अविजित ६२ रन बनाएकी थिइन् । उनले ५१ बलमा पाँच चौका प्रहार गरिन् । यस्तै, कप्तान इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रन थपे ।

नेदरल्यान्ड्सकी एरिस ज्विलिङले दुई विकेट लिइन् । यस्तै, क्यारोलिन डे लिंगे र हिथर सिगेर्सले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालको यो लगातार पाँचौँ हार हो । तालिकाका पुछारमा रहेको नेपाल अंकविहीन छ । यस्तै, प्रतियोगितामा तेस्रो जित निकालेको नेदरल्यान्ड्स भने तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले अब शुक्रबार अन्तिम खेलमा थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्