Logo
Logo

बाजुरामा थप ६२ जनामा कोरोनामा संक्रिमितको संख्या १९१ पुगे


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १३ असार । बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । शिक्षण अस्पतालन काठमाडौंमा गरिएको परिक्षणमा ८१ जना मध्ये ६२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने १९ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।
११ जना महिला र ५१ जना पुरुष रहेका छन् । योसँगै बाजुरामा कोरोना संक्रिमितको संख्या १९१ पुगेको छ । बडिमालिका नगरपालिकाको ४० जना, बुढिगंगाको २६ जना, त्रिबेणि नगरपालिकामा १ सय १ जना, गौमुल गाँउपालिका २२, जगन्नाथ १ जना र २ जना स्वामिकार्तिक गाँउपालिकाको रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्