Logo
Logo

अपडेट : आइतबार ४६३ जनामा कोराना, १२ हजार ७७२ पुगे संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ असार । नेपालमा आइतबार थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो जानकारी गराएका हुन् ।
उनका अनुसार मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ ।
यस्तै, कोरोना निको हुनेको संख्या ३ हजार नाघेको छ । बितेको २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको छ ।
यस्तै, पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ भने आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्