बाजुरामा थप ९५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २८६ पुग्यो


Published On : 28 June, 2020

बाजुरा, १४ असार । जिल्लामा कोरोना संक्रिमितको संख्या २ सय ८६ पुगेको छ । आइतबार ९५ थप भएसँगै २ सय ८६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो दिनहरुमा जिल्लामा कोरोनाका संक्रमित दोब्बरले थपीएका छन् । शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा २९ महिला र २१ जना पुरूषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ, भने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरीएको गरिएको परिक्षणमा ११ महिला र २१ जना पुरूषमा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्