Logo
Logo

विश्व अपडेट : एक करोड ५० लाख बढी संक्रमित, पाँच लाख ४ हजारभन्दा बढीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


जेनेभा, १५ असार (एएफपी) । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९८ पुगेको छ । साथै १ करोड २ लाख ५० हजार ३२२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा विज्ञप्तिमा जानकारी दिइएको छ ।
सोमबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ५८ हजार १६१ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ८७ हजार ६६३ जना उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ३७ हजार ७७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ४३७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ६८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८२ हजार ३८६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ७६ हजार ९७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६६ हजार ६९० जनाको मृत्यु भएको छ ।
युरोपमा २४ लाख १३ हजार ५१९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९० हजार ७२५ को मृत्यु भएको छ । एसियामा २२ लाख १६ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५४ हजार ८५१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ३ लाख ८५ हजार २१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ६९८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्