Logo
Logo

अख्तियारले निजी क्षेत्रको छानबिन गर्न पाउँदैनः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने बताएका छन् ।


नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भिडियो कन्फरेन्सबाट साधरणसभालाई सम्बोधन गरेका हुन् ।
हाल संसदमा पुगेको बिधेयकमा अख्तियारले पब्लिक कम्पनीलाई समेत छानबिन गर्न पाउने अधिकार दिन लागिएको छ । जसको विरो भइरहेको छ । ओलीले भने,‘ त्यसमा तपाईहरुको असहमतिलाई मैले हेरेको छु । त्यो अहिले आवश्यक छैन । त्यसैले सरकारले त्यसलाई अघि बढाउँदैन ।’

प्रतिक्रिया दिनुहोस्