Logo
Logo

रोपाइँमा नेता गौतम, भने, ‘सलहले नेपालमा असर गर्दैन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी भएका छन् ।
उनले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राखे । नेपाल किसान महासंघका इन्चार्जसमेत रहनुभएका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पु¥याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताए ।
नेता गौतमले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताए । नेता गौतमले खासखास ठाउँमा नोक्सान पु¥याउने भएपनि नेपालमा भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपु¥याउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्