
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन तोलामा २७ सय रुपैयाँले घटेर कारोबार भएको हो ।
मूल्य घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।