Logo
Logo

पार्टी बैठकअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसँग भेट


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, १६ असार ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।


बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका थिए । आजको बैठकमा बाँकी स्थायी समिति सदस्यहरुले बोल्दैछन् । १० गते सुरु भएको बैठक १३ गते बसेर मंगलबारसम्मका लागि स्थगित भएको थियो ।
आलोचना छल्न १२ गतेको बैठकमा ओली अनुपस्थित भएका थिए । १३ गतेको बैठकमा केही समय मात्र बसेका थिए । पार्टी अध्यक्ष वा प्रधानमन्त्री छाड्न दबाब परेपछि ओली पार्टीभित्र समिकरण मिलाउने तयारीमा छन् । केही दिनभित्रै मन्त्रिपरिषद् हेरफेरको समेत तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्