Logo
Logo

प्रतितोला दुई हजार ३०० बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?


315
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो ।

बुधबार एक लाख ६७ हजार ५०० मा कारोबार भएको सुन आज एक लाख ६९ हजार ८०० कायम भएको छ । यसैगरी, चाँदी प्रतितोला ३५ ले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ६५ कायम गरिएको महासङ्घले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस्