Logo
Logo

आज सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो ?


441
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चार सय रुपैयाँले बढेर सुन तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको हो ।

हिजो बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आज तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजोको तुलनामा चाँदी आज ५ रुपैयाँ बढेको हो ।

प्रतिक्रिया दिनुहोस्