Logo
Logo

सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


756
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँ बढेको हो ।

आइतबार एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज १५ रुपैयाँ बढेर चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्