
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँ घटेको हो ।
बिहीबार एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ लाख ७० हजार कायम भएको हो । त्यसैगरी, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ९० कायम भएको महासंघले जनाएको छ ।














