Logo
Logo

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज म्यानमारसँग खेल्दै नेपाल


819
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आज म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ ।

नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेलअघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई १/१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ । ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन। तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो । म्यानमार पनि यसअघि नै फाइनल पुगिसकेको छ ।

आइतबार म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै फाइनल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्