Logo
Logo

ओली ‘सच्चिन तयार’, तर राजिनामा नदिने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ असार ।
स्थायी समिति बैठकमा ८० प्रतिशत सदस्यले राजिनामा मागेपनि प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा नदिने मनस्थितीमा छन् । स्रोतका अनुसार आफ्नो कार्यशैली सुधार गर्न तयार रहेको संकेत उनले दिएका छन् ।


ओली निकट नेताहरु बिहीबार यही सन्देष लिएर अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न गएका थिए । प्रचण्डले अध्यक्ष ओलीलाई नै सम्झाउन ती नेताहरुलाई सुझाव दिएका थिए । ईश्वर पोखरल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायत नेता प्रचण्ड निवास गएका थिए ।

उता मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । स्थायी कमिटीको बैठक भने सुरु भएको छ । बैठककै बीचमा २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। मन्त्रिपरिषद्बाट कुनै महत्वपूर्ण निर्णय हुने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्