Logo
Logo

राजनीतिक दलसम्म अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार ।
सरकारले संसदको चालू अधिबेशन आजैदेखि अन्त्य गर्न सिफारिस गरेपनि राजनीतिक माहेल थप तातेका छ । संसद अधिबेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन लागेको नेकपाकै नेताहरुले आँकलन गरेका छन् ।


यसअघि पनि उनले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएका थिए । चर्काे आलोचना भएपछि फिर्ता भएको थियो । पार्टी फुटाउन सहज हुने गरी अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धि ऐन संशोधन गरिएको थियो ।
आफूलाई राजिनामा दिन बाध्य बनाए पार्टी फुटाउने ओलीको तयारी रहेको स्रोत बताउँछ । संसद अधिबेशन आकस्मिक रुपमा अन्त्य गर्नुले त्यसको संकेत मिलेको छ । उनी निकट एक समूहले नेकपा(एमाले) दर्ताका लागि निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्