Logo
Logo

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि संघीय संसद्को अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को बिहीबार (आज)को बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले एक सूचनामार्फत अधिवेशन अन्त्य भएको जनाएको छ । कोरोनाको कहरबीच वर्षे अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र संविधान संशोधनलगायत महत्वपूर्ण काम सम्पन्न गरेको छ । विषमावस्थामा समेत जनताका दैनिक जीवनसँग जोडिएका विविध विषयमा छलफल भई संघीय संसद्ले सरकारलाई दिशा निर्देश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्