काठमाडौं, १८ असार ।
सत्तारुढ नेकपाभित्रको विवाद झन् बढेको छ । सरकारले संसद अधिवेशन अन्त्य गर्ने घोषण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनेक आशंका बढेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसदको अधिबेशन अन्त्यको घोषणा गरेकी छिन् । संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन अध्यादेश ल्याउन लागेको आंशंका नेताहरुकाे छ । सोही आशंकाकाबीच अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेटेर शीतलनिवास फर्किएका छन् ।
उनी फर्किएपछि स्थायी कमिटी बैठक सुरु भएकाे छ। स्थायी कमिटी सदस्यहरु बिहानैदेखि बैठक कक्षमा कुरिरहेका थिए ।
सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् ।