Logo
Logo

प्रधानमन्त्रीले अहिले नै अध्यादेश जारी गर्न लागेको होइन भन्नुभएको छः प्रवक्ता श्रेष्ठ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार ।
केही मिनेट बसेर बिहीबारको नेकपाको स्थायी कमिटीको बैठक सकिएको छ । शनिबार बस्नेगरी बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै पार्टी एकता गम्भीर संकटको मोड पुग्न लागेको त होइन भनेर गम्भीर छलफल भएको र त्यसलाई रोकिने उनको भनाई थियो । संसद अधिवेशन अन्त्य गर्ने निर्णयबारे पार्टीलाई जानकारी नभएकाले अन्योलता छाएको श्रेष्ठले बताए ।

त्यही विषयमा कुरा अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएको र प्रधानमन्त्रीले पनि तत्काल कुनै अध्यादेश ल्याउने योजनामा आफु नरहेको जानकारी गराएको श्रेष्ठको भनाई छ ।

प्रधानमन्त्री अ‍ोलीले आफुलाई पार्टीले हटाए राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर पार्टी फुटाउन लागेको नेताहरुको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्