Logo
Logo

उपत्यकामा फैलदै कोरोना, एकैदिन ३१ जनामा संक्रमण पुष्टि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार ।
उपत्यकामा कोरोना संक्रमण फैलदै गएको छ । बिहीबार उपत्यकामा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।


त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा अस्पतालको गरिएको प्रयोगशालामा भक्तपुरका ललिपुरका १ पुरुष, भक्तपुरमा २ पुरुष र काठमाडौंका १७ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।
बुधबार उपत्यकामा १६ जनामा कोरोनो पुष्टि भएको थियो । पुष्टि भएकामध्ये कतिपय विदेशबाट आएका छन् । उपत्यका बाहिर नै नगएका व्यक्तिहरुमा समेत संक्रमण पुष्टि हुनुले उपत्यकामा कोरोना फैलिरहेको पुष्टि हुन्छ । लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले सतर्कता नअपनाए अवस्था भयाभय हुने चिकित्सकहरुको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्