Logo
Logo

नेपालीकाे प्रतिव्यक्ति आय १०९० पुग्यो, नेपाल निम्नमध्यम आय भएको देशमा उक्लियो 


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ असार ।

नेपालीहरुको प्रतिव्यक्ति आउ १०९० अमेरिकी डलर पुगेको छ ।

प्रतिव्यक्ति आय बढेसँगै नेपाल न्यून आय भएको मुलुकबाट पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा बनेको छ । विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्वबैंकले जनाएको छ ।
गत वर्ष नेपालको प्रतिव्यक्ति आय नौ सय ७० डलर थियो । सन् २०१९ मा नेपालको आयस्तर बढेपछि मध्यम आयवर्गमा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्