Logo
Logo

विद्युतीय गाडी कर्जामा कडाइ, अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने


693
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधनको कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत यस्तो कडाइ गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब विद्युतीय सवारीमा ६० प्रतिशत मात्रै कर्जा पाइने भएको छ भने बाँकी ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ । यसअघि २० प्रतिशत डाउनपेमेन्टमै विद्युतिय गाडीको खरिद बिक्री हुँदै आएको थियो ।

‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिनेछ’ राष्ट्र बैंकको समिक्षामा भनिएको छ । यसैसँगै अब विद्युतिय सवारी खरिदकर्ताले ४० प्रतिशत नगद पहिले जम्मा पार्नु पर्नेछ ।

यसअघि पेट्रोल तथा डिजेलबाट चल्ने व्यक्तिगत सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा अहिले ६० प्रतिशत पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्