Logo
Logo

प्रधानमन्त्रीको राजीनामा माग्नु कुनै तर्क होइन : बाँस्कोटा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट राजीनामा माग भइरहेको बेला पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको राजीनामा माग्नु कुनै तर्क नभएको बताएका छन् ।
नेकपा तथा पूर्वसञ्चारमन्त्री बाँस्कोटाले सरकारले गर्ने काम निरन्तर गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने बताएको रातोपाटीले समाचार लखेको छ ।
बाँस्कोटाले नेकपासित विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुनेबाहेक विकल्प नभएको पनि बताए । उनले भने, ‘नेकपासित के विकल्प छन् ? या त विभाजन हुन प¥यो या त एकता गर्नप¥यो या त कम्प्रमाइज गर्नप¥यो । यो भन्दा बाँकी त कुनै विकल्प नेकपासित छैन नि । सबैलाई थाहा छ, नेकपा संक्रमणकालमा चलिरहेको छ । त्यसैले यस्तो बेलामा दुईवटा स्कुलिङको द्वन्द्व पनि देखिन्छ । त्यो कुरा नेताहरुलाई थाहा छ ।’
उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको पदबाट राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए । उनले अझैपनि बहुमत प्रधानमन्त्रीकै पक्षमा रहेकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्