Logo
Logo

ओली र प्रचण्डबीच निर्णायक वार्ता सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ।
नेकपाभित्र चर्किएको विवादमा दुई अध्यक्षबीच निर्णायक छलफल सुरु भएको छ । केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा शुक्रबार छलफल सुरु भएको हो ।


प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हट्न दबाब दिएका छन् । ओलीले दुवै पदबाट नहट्ने बताएका छन् । जसकारण विवाद उत्कर्षमा पुगेको छ ।

स्थायी समितिका ८० प्रशित सदस्यले ओलीको राजिनामा मागेपछि उनी संकटमा परेका हुन् । प्रचण्ड मात्र होइन, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम समेत ओलीलाई हटाउने अभियानमा लागेका छन् ।
आफुलाई हटाउने तयारीपछि ओलीले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर पार्टी फुटाउने लागेको आशंका नेताहरुको छ ।

प्रतिक्रिया दिनुहोस्