Logo
Logo

नेकपामा विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला दोस्रो तहका नेताहरु समस्या समाधानमा सक्रिय भएका छन् । पार्टीमा देखिएको विवाद गत मंसिर ४ र चैत २ मा भएको सहमतिमै टेकेरै समाधान गर्नुपर्नेमा उनीहरुको जोेड छ । नेकपा नेता तथा कृषि मन्त्री घनश्याम भुसालको निवासमा बिहीबार बिहान भएको भेलाले सो निष्कर्ष निकालेको हो।

‘यिनै विगतका सहमतिका आधारमा विवाद सुल्झाउन सकिन्छ। त्यसका लागि नेताहरुलाई भन्ने, अरुलाई पनि अपिल गर्ने र स्थितिलाई पहिले जहाँको त्यही राख्ने, यसलाई अझ कुल डाउन गर्ने र विवाद सुल्झाउने सहमति भएको छ,’ मन्त्री भुसालले भने।
सो भेलामा सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, योगेश भटराई, शंकर पोखरेल, विष्णु रिमाल, टोपबहादुर रायमझी, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत र मणि थापा सहभागी थिए।
उता बालुवाटारमा दुई अध्यक्षीच निर्णायक छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्