Logo
Logo

नेविसंघका नेतालाई देउवाको प्रश्नः म चार पटक प्रधानमन्त्री भएँ, तपाईहरु कोही लायक हुनुहुन्छ ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसङ्घ नेतृत्वप्रति आक्रोशित भएका छन् । नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसङ्घले सङ्गठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन् ।

 

नेविसघंका नेताहरु काठमाण्डौमा भाषण गरेर बस्ने प्रवृत्तिले संघ कमजोर बनेको भन्दै देउवाले आक्रोश व्यक्त गरे । अहिले गाउँका कुनै पनि स्कुलमा नेविसङ्घ नरहेको र जित्ने हैसियत नेविसङ्घले नराखेको भन्दै उनले आलोचना गरे । पहिला गाउँ र स्कुलमा गएर नेविसङ्घ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उहाँले विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभयो ।

अहिले नेविसङ्घभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताए । विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको उनको भनाई थियो । आफु चार पटक प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको देउवाको भनाई थियो । नेतृत्व विकास हुन नसकेको उनको आरोप थियो । सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्नसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्