Logo
Logo

ओली र प्रचण्ड छलफल ‘सकारात्मक’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच तीन घन्टा लामो छलफल भएको छ । बालुवाटारा भएको छलफल सकारात्मक भएको बताइएको छ ।


छलफलमा नेताहरु विष्णु पौडेल र जनार्दन शर्मा समेत उपस्थित थिए । छलफलमा दुवै अध्यक्षले मन खोलेर कुरा गरेको र अहिलेको विवाद समाधानका लागि सकारात्मक भएका महासचिव पौडेलले बताए ।

दुई अध्यक्षबीच सहमतिको खाकाबारे छलफल भएको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीले केही महिनापछि राजिनामा दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे समेत छलफल भएको स्रोत बताउँछ ।

नेकपाको स्थायी कमिटी बैठकमा ओलीको राजिनामा माग भएपछि विवाद चर्किएको हो । यही बीचमा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि अनेक आशंका बढेका छन् । शनिबार पुनः स्थायी समिति बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्