Logo
Logo

एकैदिन सात सय ४० संक्रमित थपिए, थप एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ।
नेपालमा एकैदिन सात सय ४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालया अनुसार थप एकको मृत्यु भएको छ । २४ घन्टाको अवधिमा ८ सय २३ जना डिस्चार्ज भएका छन् ।


नेपालमा संक्रमितको संख्या १५ हजार दुई सय ५९ जना पुगेका छन् । मृतकको संख्या एक थपिएर ३२ पुगेको छ ।

कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक पुरुषको असार १७ गते मृत्यु भएको हो।

उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पु¥याइएको थियो।

मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए।

यीसहित हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

शुक्रबार मुलुकभर कोरोनाका ७४० जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

प्रकाशित मितिस् शुक्रबार, असार १९, २०७७, १६स्२८स्००

प्रतिक्रिया दिनुहोस्