Logo
Logo

काठमाडौं, वानेश्वरका एक व्यक्तिको कोरोनाबाट मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ।
काठमाडौंमा आन्तरिक रुपमा संक्रमण बढ्दै गएको पुष्टि भएको छ । काठमाडौं वानेश्वरका एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक पुरुषको असार १७ गते मृत्यु भएको हो।

उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पु¥याइएको थियो।

मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए। यीसहित हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
केही दिनयता काठमाडौंमा संक्रमितहरुको संख्या बढीरहेको छ।

प्रतिक्रिया दिनुहोस्