Logo
Logo

दज्र्यानी चिह्न प्रदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीमा प्रेम शाही र सहायकरथीमा बढुवा हुने प्रेमबहादुर पुनलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार आयोजित समारोहमा उनीहरु दुवैलाई बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषद्को यही असार १५ गतेको बैठकले सहायकरथी शाहीलाई उपरथीमा तथा महासेनानी पुनलाई सहायकरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
जंगी अड्डाले उपरथी शाहीलाई युद्धकार्य महानिर्देशक र सहायक रथी पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्