
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
मङ्गलबार एक लाख ६९ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार चार सय कायम भएको छ ।त्यस्तै, आज चाँदी १० रुपैयाँ बढेर प्रतितोला एक हजार नौ सय ५० कायम भएको महासंघले जनाएको छ














