
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज ३ सय रुपैयाँ बढेको हो ।
बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।
आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९८५ तोकिएको महासंघल जनाएको छ ।














