Logo
Logo

ओलीसँग निर्णायक वार्ताको तयारीमा नेताहरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ असार ।
नेकपाभित्रको विवाद चर्किदै गएको छ । आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने प्रचण्ड लगायत नेताहरुको तयारी छ ।


प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने र आफुलाई हटाउने प्रयास भए ‘जे पनि हुनसक्ने’ सन्देष ओलीले दिएपछि विवाद गम्भीर मोडमा पुगेको हो ।

आज प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरु ओलीसँग निर्णायक वार्ताको तयारीमा छ । त्यसअघि उनीहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सामूहिक भेट गरेका छन् । नेकपाभित्र बढेको पछिल्ला विवादको सन्दर्शमा उनीहरुले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

पार्टीभित्र बढेको विवादपछि सरकारले अध्यादेश ल्याउने संकेत गरेपछि त्यसलाई रोक्न आग्रह गर्न उनीहरु दबाब दिन गएको स्रोत बताउँछ ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुरक्षा निकायका प्रमुख तथा कानूनविद्हरुसँग छलफल गरेका छन् । कांग्रेस सभापति शेरहादुर देउवासँग पनि उनले गोप्य भेट गरेका छन् ।

शुक्रबार बेलुका ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता भएको हो । आफुलाई हटाइएमा पार्टी फुटाएर कांग्रेससँग मिलेर सरकार बनाउने ओलीको योजना हुनसक्ने आशंका नेकपाका नेताहरुको छ ।

प्रतिक्रिया दिनुहोस्