Logo
Logo

२/२ नेता साक्षी राखेर ओली– प्रचण्ड निर्णायक वार्तामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ असार ।
नेकपाभित्रको विवाद चर्किदै जाँदा आज निर्णायक छलफल हुँदै छ । आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने प्रचण्ड लगायत नेताहरु निर्णायक वार्ता सुरु भएको छ ।


वार्तामा अन्य नेताहरुलाई पनि राखिएको छ । ओलीको तर्फबाट ईश्वर पोखरेल र विष्णु पौडेल तथा प्रचण्डको पक्षबाट जनार्दन शर्मा र वर्षमान पुन छलफलमा सहभागी छन् । पौडेल र शर्मा गत वर्ष २ जेठमा भएको सहमतिका साक्षी पनि हुन् ।

प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने र आफुलाई हटाउने प्रयास भए ‘जे पनि हुनसक्ने’ सन्देष ओलीले दिएपछि विवाद गम्भीर मोडमा पुगेको हो ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुरक्षा निकायका प्रमुख तथा कानूनविद्हरुसँग छलफल गरेका छन् । कांग्रेस सभापति शेरहादुर देउवासँग पनि उनले गोप्य भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्