Logo
Logo

कोरोनाको जोखिम बढ्दो, मास्क नलगाउने पक्राउ पर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार ।
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम कडाईका साथ कार्यान्वायन गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्केनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

संक्रमित व्यक्तिहरु पनि मास्क नलगाई निस्कन सक्ने र उनीहरुबाट संक्रमण फैलन सक्ने भएकाले मास्क नलगाउनेलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले बताए ।
‘स्वास्थ्यसम्बन्धि प्रोटोकल पालना गर्ने सर्तमा लकडाउन खुकुलो भएको हो,’ उनले भने,‘तर नियम उल्लंघन बढेपछि संक्रमण फैलने जोखिम बढेको छ, त्यही भएर कडाई गरिएको हो । नियम उल्लंघन गर्नेलाई संक्रामक रोग ऐनअनुसार कारबाही गर्न परिपत्र भएको छ ।’
केही दिनयता आन्तरिक संक्रमण बढेपछि स्वास्थ्यसम्बन्धि प्रोटोकल पालनामा कडाई गर्न लागिएको हो । बैंकहरुमा समेत सामाजिक दुरी पालना गरिएको पाइँदैन । पसलहरुमा भिड बढेको छ । सैलुनहरु समेत खुलेको छ। जसबाट संक्रमण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्