Logo
Logo

हिमालयन बैंकको सिईओमा राणालाई निरन्तरता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार ।
हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा फेरि अशोक शमशेर राणा नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई निरन्तरता दिने निर्णय गरेको हो ।


राणाकै नेतृत्वमा बैंकले सफलता पाइरहेको छ । उनको व्यवस्थापन कौशलताकै आधारमा थप चार वर्षका लागि नियुक्त गरिएको बैंकका एक सञ्चालकले बताए ।

प्रतिक्रिया दिनुहोस्