Logo
Logo

अर्थमन्त्रीको अर्काे नीतिगत भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ असार । बजेटमा नीतिगत भ्रष्टाचार गरेको आरोप खेपेका डा. युवराज खतिवडाले गरेका गोप्य सेटिङहरु धमाधम खुल्न थालेका छन् । बिद्युतीय गाडी र चकलेट मात्र होइन, बजेटमार्फत उनले थप नीतिगत भ्रष्टाचार गरेको भेटिएको छ ।

केही व्यापारीको स्वार्थमा उनले बजेटमा नीतिगत स्वार्थहरु घुसाएका छन् । जसमध्ये एक हो– टोनिक वाटरको आयातमा प्रतिबन्ध । व्यापारीकै स्वार्थमा यो निर्णय बजेटमा राखिएको छ । स्रोतका अनुसार बिशाल गु्रपको यसमा स्वार्थ छ ।

अहिले आयात प्रतिबन्ध लगाउने र पछि टोनिक वाटर नेपाल भित्राउने कम्पनीको डिलरशीप खोसेर आफुले लिनका लागि आयात रोकिएको हो । नत्र सरकारले टोनिक वाटर आयातमा प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएको अर्थ मन्त्रालयकै अधिकारीहरु बताउँछन् । ‘बिशाल गु्रपले डिलरशीप पाएपछि फेरि आयात खूल्छ, ’ मन्त्रालयका एक अधिकारीले भने ।

बिशाल ग्रुपकै लागि उनले चलखेलमा भन्सार १० प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाएका छन् । नेपालमा ब्रान्डेड टोनिक वाटरमध्ये आधा जसो बिशाल ग्रुपले आयात गर्ने गरेको छ । सोही ग्रूपबाट फाइदा लिएर उनले नीतिगत भ्रष्टाचार गरेको भन्दै नेकपाकै सांसदहरुले उनको राजिनामा मागेका थिए । टोनिक वाटरमा समेत उनले व्यापारीको एजेन्डाअनुसार बजेटमा त्यस्तो प्रावधान राखेको स्रोत बताउँछ । यो त प्रत्यक्ष देखिने कुरा भयो । अप्रत्यक्षरुपमा उनले बजेटमा कहाँ–कहाँ प्वाल पारेका छन् भन्ने कुरा विस्तारै खुल्दै जाने छ ।

प्रतिक्रिया दिनुहोस्