Logo
Logo

प्रहरी महानिरीक्षक ज्ञवालीको आज बिदाई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ असार ।
छोटो अवधिका लागि प्रहरी नेतृत्वमा पुगेका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले आज अवकाश पाउँदैछन् । प्रहरी प्रधान कार्यालयमा उनको बिदाई कार्यक्रम राखिएको छ । बिदाईमा सातै प्रदेशका प्रहरी प्रमुख बोलाइएका छन् ।


सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नयाँ महानिरीक्षकमा नियुक्त गरेको छ । थापाले बिहीबारदेखि कमाण्ड सम्हालेछन् ।
ज्ञवाली २८ माघमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । करिब पाँच महिना उनले प्रहरी नेतृत्व सम्हाल्ने । यो अवधिमा उनी ठूलो विवादमा परेनन् । तर, सरुवा बढुवामा भने राजनीतिक हस्तक्षेप रोक्न सकेनन् । कार्यकाल लगभग लकडाउनमै बितेकाले पनि उनले संगठनका लागि केही नयाँ काम गर्न पाएनन् । अर्काेतर्फ गृह मन्त्रालयसँग पनि सुमधर सम्बन्ध हुन सकेन । इमान्दार प्रहरी अधिकृतको छवी भने कायमै राख्न सफल भए ।

आईजिपी ज्ञवालीसँगै एआईजी तारिणी लम्साल र डिआईजी सूर्य उपाध्यायले पनि अवकाश पाउँदैछन् । एआईजीका दुई पद रिक्त भएपछि त्यसमा बढुवाका लागि दौडधुप सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्