Logo
Logo

राजावादीलाई प्रचण्डको चेतावनी- राजतन्त्र असम्भव, मुर्खता नगरियोस्


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र चाहनेहरूलाई राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री प्रचण्डले जनताले पुर्णरुपमा अस्विकार गरिसकेको राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए ।

‘उनले राजावादीहरूलाई फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ भने ।

‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘राजतन्त्र पुनस्थापना त असम्भव छ, तर यसले बहस अघि बढाउन सहज बनाउँछ भन्ने मेरो बुझाई छ ।’

पछिल्लो दिनहरुमा राजावादी र गणतन्त्र पक्षधरहरु बिच सार्वजानिक कर्यक्रमहरुमा राजतन्त्रको विषयमा बोल्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्