काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको महाराजगञ्ज नर्सिङ क्याम्पसमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ ।

मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बिरासत तोड्दै नेविसंघका उम्मेदवार विजयी भएका हुन् ।
यसअघि निरन्तर यहाँ अखिल विजयी हुँदै आएको थियो । यसपटक नेविसंघकी विन्दु पोखरेल विजयी भएकी छन् । पोखरेलले अखिलकी मनकुमारी बुढालाई एक मतको अन्तरले पराजित गरेकी हुन् । पोखरेलले २५९ मत ल्याएर विजयी हुँदा बुढाले २५८ मत पाएकी छन् । यस्तै, सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् । एकजना सदस्यमा भने अखिलकी उम्मेदवार विजयी भएको छ ।














