Logo
Logo

स्वास्थ्य मन्त्रालयले माग्यो अतिरिक्त दुई सचिव


567
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको १२ औं तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरेको छ । बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न भनेको हो ।

बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा भएका ११औं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको हो ।

मन्त्रालयमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहले फागुन १२ मा अवकाश पाएका थिए ।सचिवमा डा. विकास देवकोटा नियुक्त भइसकेका छन् । अब मन्त्रालयमा १२ औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्