Logo
Logo

२५ करोड अवैध रकमबारे निष्पक्ष छानबिन गर्न माग


630
Shares

काठमाडौं । नेकपा मावादी केन्द्रका सांसद माधव सापकोटाले करिब २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

आज बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले सोमबार राति ११ बजे काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै सोबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले झोर महाकाल क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट चालकसहित २५ करोड नगदसहित एक जनालाई पक्राउ गरेको थियो ।

सांसद सोपकोटाले भने, ‘डलर र यूरो गरेर करिब रु २५ करोड अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ, यो घटनाले सिङ्गो देशलाई तरङ्गित बनाइरहेको छ । यो घटनाले सङ्गठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झाङ्गिरहेको छ भन्ने प्रष्ट हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्