
काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित १३ जवनाकोे सरुवा तथा पदस्थापन गरेको छ । आज (बुधबार)को निर्णयअनुसार गृहले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो ।
जसमा मन्त्रालयले कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयका दिल कुमार तामाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ भने कपिलवस्तुका प्रजिअ विश्व प्रकाश अर्याललाई गृह मन्त्रालयमा तानिएको छ ।
यस्तै सुर्खेतका प्रजिअ शंकरहरि आचार्य गृह मन्त्रालय, उदयपुरका प्रजिअ हरि प्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय पर्वतमा पठाइएको छ ।
गृहका सहसचिव जगदीश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रजिअमा पदस्थापन, भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा पदस्थापन गरिएको छ ।
नवलपरासीका अरुण पोखरेललाई गृह मन्त्रालय, गृह मन्त्रालयका कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा पदस्थापन गरिएको छ ।
त्यसैगरी बागलुङका प्रजिअ नेत्र प्रसाद सुवेदीलाई गृह मन्त्रालय, गृह मन्त्रालयका प्रेम प्रसाद लुईटेँललाई जिल्ला प्रशासन कार्यालय उदयपुर, गृह मन्त्रालयका आनन्द सारूलाई अछाम, अछामका शिव प्रसाद लम्साल र पर्वतका केदारप्रसाद शर्मालाई गृह मन्त्रालयमा तानिएको छ ।















